मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको सरसफाइ

gorkhapatraonline.com · Fri Jun 05 11:51:58 GMT 2026

मुस्ताङको सैनिक उच्च शिखर शिक्षालय कैसाङ सहासिक पर्यटकीय गन्तब्य मुस्ताङ–मनाङ जिल्लाको सिमानामा पर्ने थोरङपासदेखि थोरङफेदीसम्मको पर्यटकीय पदमार्गको नेपाली सेनाले सरसफाइ गरेको छ ।

स्वदेशी तथा विदेशी पदयात्रीले पदमार्ग क्षेत्रमा गरेको फोहोर सरसफाइसहित संकलन गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय जोमसोमलाई हस्तान्तरण गरिएको छ । समुन्द्री सतहदेखि पाँच हजार चारसय १६ मिटर उचाइमा रहेको थोराङ्लामा सैनिक उच्च शिखर शिक्षालयका आयोजनामा हाई अल्टिच्युड तथा माउन्टेन वारफेयर तालिम लिनेक्रममा कैसाङ–तिलिचो बेसक्याम्प–फेदी–हाई क्याम्प (मनाङ)–थोराङ पास हुँदै मुक्तिनाथसम्मको पदयात्रामा करिब एकसय ७० जना शिक्षार्थीको सहभागितामा थोराङ–ला फेदी (च्याम्बर–भू) सम्म सरसफाइ कार्यक्रम मार्फत ४० बोरा फोहोर संकलन गरिएको एक्याप जोमसोमका प्रमुख राजेश गुप्ताले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)