नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
ratopati.com · Tue Jun 16 15:49:00 GMT 2026

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई डिल्लीबजार कारागार चलान गरिएको छ। विशेष अदालतको आदेश अनुसार उनलाई डिल्लीबजार कारागारमा थुनामा राखिएको हो ।
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार मुद्दामा जोडिएका गौतमलाई मङ्गलबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठले पुर्पक्षका लागी थुनामा पठाउन आदेश गरेका थिए । उनीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग