ट्रम्पले सिरियामाथिको अमेरिकी प्रतिबन्ध अन्त्य गर्ने
ratopati.com · Mon Jun 30 18:07:00 GMT 2025

काठमाडौँ । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको अमेरिकी प्रतिबन्ध हटाउने कार्यकारी आदेशमा छिट्टै हस्ताक्षर गर्ने तयारी गरेका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पत्रकारहरूसँग कुरा गर्दै यस्तो जनकारी दिएकी हुन्।
उनका अनुसार ट्रम्पले सिरियाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतिबन्ध हटाउने निर्णय गरेका हुन्। यसअघि मे महिनामा ट्रम्पले सिरियामाथिका कडा आर्थिक प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)