मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने

barnanmedia.com · Mon Jun 30 21:39:40 GMT 2025

काठमाडौँ, १७ असारः निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ । उक्त निर्वाचन क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद दीपक बोहराको गत चैत १९ गते निधन भएको थियो ।

नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्य पद रिक्त भएको भनी सङ्घीय संसद् सचिवालयले गत चैत ३१ गते आयोगलाई जानकारी गराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)