सुदूरपश्चिममा १८ घण्टापछि ‘अपुरो’ बजेट वक्तव्य सार्वजनिक, चालु-पुँजीगत खर्च अझै गोप्य
nepalpress.com · Tue Jun 16 16:11:13 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटको वक्तव्य झन्डै १८ घण्टापछि सार्वजनिक गरेको छ । तर सार्वजनिक गरिएको पूर्णपाठमा समेत चालु खर्च, पुँजीगत खर्च तथा मन्त्रालयगत बजेट विनियोजनको विवरण समावेश नगरिएपछि बजेटको पारदर्शितामाथि प्रश्न उठेको छ ।
आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले सोमबार मध्यराति प्रदेश सभामा आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै सबैभन्दा ठूलो आकारको बजेट हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)