मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

barnanmedia.com · Tue Jun 16 16:04:01 GMT 2026

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

कर्णाली राजमार्गअन्तर्गत तातोपानी गाउँपालिका- ३ लाछुगाउँ नजिकै मंगलबार भे १ ट ८९३५ नम्बरको ट्याक्टर साँझ ६ बजेतिर दुर्घटनामा परेको हो ।

जुम्लाका डीएसपी चिरञ्जीवी दाहालका अनुसार दुर्घटनामा मृत्यु हुनेमा तिला गाउँपालिका–४ का खबेन्द्र शाहीको मृत्यु भएको छ । यस्तै, सोही ठाउँका देउमनी सार्की गम्भीर घाइते भएकी छन् ।

ट्याक्टर सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)