इञ्जिनियरको क्षमता विकाससम्बन्धी तालिम सम्पन्न
barnanmedia.com · Mon Jun 30 22:01:57 GMT 2025

काठमाडौँ, १७ असारः भवन निर्माण तथा सहरी विकास विभाग, जापानी अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका), तथा स्टक्चरल इञ्जिनियर्स एसोसिएसन नेपालको संयुक्त आयोजनामा दुईदिने ‘भवन निर्माण कार्यविधि तथा विद्युतीय भवन अनुमति प्रणाली’ विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त तालिम एसोसिएसनका अध्यक्ष इञ्जिनियर कृष्णसिंह बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जाइकाका तर्फबाट विज्ञ द्वारिका श्रेष्ठले तालिमको उपयोगिता, प्रभावकारिता तथा भविष्यमा यस्ता कार्यक्रमको आवश्यकताबारेमा धारणा राख्दै निरन्तरता दिन आग्रह गर्नुभयो । विभागका उपमहानिर्देशक एवं इञ्जिनियर सुनीलकुमार श्रेष्ठले कार्यक्रमको उपयोगिताका बारेमा उल्लेख गर्दै यसले सरकारी र पेसागत निकायबीच सहकार्य सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)