मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि ‘सर्ट लिस्ट’ सार्वजनिक, को-को परे ?

clickmandu.com · Tue Jun 16 16:16:33 GMT 2026

काठमाडौं । गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्तिका लागि ‘सर्ट लिस्ट’ सार्वजनिक भएको छ । सर्ट लिस्टमा उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताको कार्यक्रम सार्वजनिक गरिएको छ।

सूचना तथा सञ्चार मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता २०८३ असार १० गते (बुधबार) मन्त्रालय परिसर, सिंहदरबारमा सञ्चालन हुनेछ ।

मन्त्रालयले सार्वजनिक गरेको तालिकाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको समय यस प्रकार रहेको छ ।

नारायण प्रसाद सापकोटा : बिहान ८:३० देखि ९:०० बजे

भेषराज पाण्डे : बिहान ९:०५ देखि ९:५५ बजे

राजन नेपाल : बिहान १०:०० देखि १०:५० बजे

रामचन्द्र अर्याल : दिउँसो १२:०५ देखि १२:५५ बजे

रवि बहादुर खड्का : दिउँसो १:०० देखि १:५० बजे

लक्ष्मण काफ्ले : दिउँसो १:५५ देखि २:४५ बजे

विश्वराज खनाल : दिउँसो २:५० देखि ३:४० बजे

शान्तराम विडारी : दिउँसो ३:४५ देखि ४:३५ बजे

शिव कुमार भट्टराई : साँझ ५:०० देखि ५:५० बजे

हिम्मत बहादुर रावल : साँझ ५:५५ देखि ६:४५ बजे

मन्त्रालयले उम्मेदवारहरूलाई आफूलाई तोकिएको समयभन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजनाको सफ्टकपी तथा आवेदनसँग पेश गरिएका सम्पूर्ण कागजातहरूको सक्कल प्रति सहित उपस्थित हुन आग्रह गरेको छ।

गोरखापत्रको महाप्रबन्धकका लागि ३५ जनाले दरखास्त दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)

सम्बन्धित विषय