चुनौतीका चाङबीच ६७ वर्ष लाग्यो राष्ट्रिय ध्वजावाहक
rajdhanidaily.com · Mon Jun 30 22:56:49 GMT 2025

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले १७ असार २०१५ (तद्नुसार १ जुलाई १९५८) स्थापनाकालदेखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेका छन् । अधिकांश विकट पहाडी ठाउँमा समेत उसले आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । वैदेशिक मुद्रा आर्जन गर्ने अन्तर्राष्ट्रिय उडानलगायत ‘ग्राउन्ड ह्यान्डलिङ’ अर्थात् ‘भूमिस्थ सेवा’ अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट सेवाबापत निगमले इन्टरनेसनल सेफ्टी अडिट फर ग्राउन्ड अपरेटर (आईएसएफजीओ) प्रमाणपत्रसमेत प्राप्त गरेको छ । त्यसो त, निगम सम्पूर्ण सेवालाई प्रमुखतासाथ अघि बढाउन प्रयासरत पनि छ ।
देशमा हवाई इन्धन आपूर्ति नहुँदा निगमको विमानले विदेशबाट इन्धन आपूर्तिसमेत गरेका थियो र आन्तरिक उडानका अन्य विमानलाई पनि इन्धन वितरण गरेको थियो । साथै, काबुलमा विस्फोटमा परेका निर्दोष नेपालीको शव ल्याउने र कोरोना (कोभिड–१९) महामारीमा औषधिलगायत विदेशमा बस्ने नेपाली र नेपालमा बसेका विदेशीलाई गन्तव्यमा पु¥याउने कामसमेत गरेर देशमा सेवा गर्ने र महाभूकम्पका बेला विदेशबाट निःशुल्क सामान ल्याउनुका साथै अन्य तवरले पनि सेवा पु¥याइरहेको छ । नाफा आर्जनमा मात्र आफूलाई सीमित नराखी यसले सेवा भावनालाई प्राथमिकता दिँदै आएको छ । अन्य यातायातका साधन नभएका दुर्गम क्षेत्रका जनतालाई अपेक्षाकृत सस्तो दरमा सेवा उपलब्ध गराउनुका साथै त्यस्ता ठाउँमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री पु¥याउनसमेत निगमले सक्रियता लिँदै आएको छ । तर, यसबापत सरकारबाट कुनै अनुदान प्राप्त गरिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)