आज राष्ट्रियसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
ratopati.com · Mon Jun 30 23:15:00 GMT 2025

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न १२ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सात मन्त्रालयका साथै राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ।
त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)