नेपाली सेनाद्वारा थारू समुदायका लागि भुइँयारथान निर्माण
gorkhapatraonline.com · Fri Jun 05 11:59:23 GMT 2026

नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वार्टरको निर्देशन तथा नं १९ बाहिनी अड्डाको पहलमा थारू समुदायको संस्कृति, परम्परा तथा धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले भुइँयारथान निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।
आर्थिक वर्ष २०८२-८३ को ‘शीघ्र प्रभावी आयोजना’ अन्तर्गत दंगीशरण गाउँपालिका ५ बागरमा करिब पाँच लाख रुपियाँको लागतमा निर्माण गरिएको भुइँयारथान धार्मिक स्थलको औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको हो। उक्त धार्मिक स्थल श्री ज्वालादल गणले निर्माण सम्पन्न गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)