उपराष्ट्रपति निर्वाचन : आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने
nepallive.com · Sun Mar 12 00:24:00 GMT 2023
काठमाडौं- उपराष्ट्रपति निर्वाचनका लागि आज आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ। दिउँसो ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ।
त्यसअघि आइतबार दिउँसो १२ बजेसम्म मनोनयन र उजुरीपत्रमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ। १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)