लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव (तस्बिरहरू)
deshsanchar.com · Sat May 02 15:32:25 GMT 2026
दाङ – किसानको साथीको रुपमा परिचित लाटोकोसेरो तथा हुचिल संरक्षणको सन्देश दिन दाङको लमहीमा पहिलो पटक उत्सव सुरु भएको छ। उत्सवमा लाटोकोसेरो संरक्षणकालागि सबैको साझा एक्यबद्धता समेत जनाइएको हो । तीन वटा अस्थायी संग्राहलयमा लाटोकोसेरो संग जोडिएका धेरै दृश्य र त्यसको महत्व जनाउने आकृतीहरु राखिएका छन् । विद्यार्थी तथा समुदायका नागरिक रुचिपूर्वक अध्ययनमा सहभागी भएका हुन । यहाँ पहिलोपटक लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना गरिएपछी संरक्षणकर्मीहरु समेत उत्साहित भएका छन् । अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र ‘प्रकृतिका साथीहरू’ नामक संस्थाको संयुक्त आयोजनामा सुरु भएको १३ औँ लाटोकोसेरो तथा हुचिल उत्सवको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले गरेका हुन ।‘वातावरण जोगायौं, वन जोगायौं भने लाटोकोसेरो जस्ता चराहरुको संरक्षण गर्न सकिन्छ’उनले भने,‘यसको संरक्षण सबैको साझा जिम्मेवारी हो ।’
संग्राहलय तथा ४० बढी स्टलहरुमा लाटोकोशेरो तथा चरा, पुतलीसंग सम्वन्धित सचेतनामुलक स्टलहरु समावेश छन् । यसका अतिरिक्त सहभागीहरुले हात तथा अनुहारमा लाटोकोसेरो अंकित चित्रहरु बनाएर खुसी मनाएका छन । लाटोकोसेरोलाई हेलारी चराको रुपमा लिने प्रचलननै गलत भएको भन्दै यो चराको महत्व प्रकृतिमा निकै धेरै रहेको सन्देश छरिएको छ । किसानको साथीका रूपमा चिनिने लाटोकोसेरो अवैध व्यापार र चोरी सिकारका कारण संकटमा पर्न थालेको छ । ग्रामीण क्षेत्रमा चरा तथा वन्यजन्तु संरक्षणप्रति जनचेतना फैलाउने, स्थानीय संस्कृति प्रवद्र्धन गर्ने र पर्यटन आकर्षण बढाउने उद्देश्य राखिएको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताए ।‘लाटोकोसेरो किसानको साथि हो । यसले प्रकृतिलाई सन्तुलनमा राख्ने काम गर्छ’उनले भने,‘तसर्थ यसको संरक्षण गर्ने दायित्व तपाई हामी सबैको हो ।’ समुदायस्तरबाट संरक्षणको पहल लिइएको अजम्मरी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष पवन शर्मा रिजालले बताए ।‘समुदायबाटनै यसको संरक्षणको जिम्मेवारी लिन जरुरी छ’उनले भने,‘लाटोकोसेरो प्रकृतिको अभिन्न अंग हो ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)