मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

barnanmedia.com · Sat May 02 21:15:01 GMT 2026

अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ । फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्‍याएका छन् ।

समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार, प्रभावित संरचनाहरू मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)