मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिए गृहसचिव, श्रेष्ठलाई तानेर शर्मालाई ल्याइयो

ratopati.com · Fri Aug 28 11:13:33 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयको सचिव परिवर्तन भएका छन् । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयमा कार्यरत सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो ।

गृहसचिवको जिम्मेवारीमा रहेका राजकुमार श्रेष्ठलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा तानिएको छ । सचिव श्रेष्ठ आगामी भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशको मुखैमा रहेका श्रेष्ठलाई जगेडामा राखेर सरकारले शर्मालाई गृहको कमान्ड सुम्पिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जानकरी दियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)