खिङ्गामा ‘धछ्याङ’ पर्वको रौनक
barnanmedia.com · Sat May 02 21:59:35 GMT 2026

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ ।
हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा यसप्रकारको धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ मनाउने प्रचलन छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गुरुङ तथा विष्ट समुदायले बर्सेनि धछ्याङ पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)