मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपोबेबी र दलीय कार्यकर्ता न्यायाधीशले सम्मानजनक बिदा लिने कि बालेनको डण्डा कुर्ने ?

barnanmedia.com · Sat May 02 22:10:07 GMT 2026

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेका ८ मध्ये ६ वटा अध्यादेश हालसम्म जारी भइसकेका छन् । शनिबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले तीन महत्त्वपूर्ण अध्यादेश जारी गरेसँगै समग्र सुधार अभियानले गति लिएको देखिन्छ । यसअघि पनि शुक्रबार र बिहीबार क्रमशः तीन अध्यादेश जारी भइसकेका थिए । यसरी छोटो अवधिमा ल्याइएका अध्यादेशहरूले बालेन सरकारको सुधारमुखी र आक्रामक नीति स्पष्ट संकेत गर्छन् ।

शनिबार जारी भएका अध्यादेशमध्ये स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी संशोधनले पदाधिकारी नियुक्ति र हटाउने प्रक्रियालाई प्रतिस्पर्धात्मक बनाउने लक्ष्य राखेको छ । यसले लामो समयदेखि आलोचना हुँदै आएको राजनीतिक हस्तक्षेप घटाउने अपेक्षा गरिएको छ । त्यस्तै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशले अघिल्लो सरकारका पालामा नियुक्त करिब १२०० पदाधिकारीलाई हटाउने बाटो खोलिदिएको छ । यसलाई सरकारको ‘क्लिनअप ड्राइभ’का रूपमा व्याख्या गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)