आजकाे माैसम– तराईमा दिनभर हुस्सु र कुहिराे, राति पनि नहट्ने
shilapatra.com · Fri Jan 06 01:10:03 GMT 2023
देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागहरूमा हुस्सु तथा कुहिरो लागेकाे छ ।
शीतलहरका कारण जनजीवन कष्टकर बनेकाे छ । आज दिउँसाे देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने माैसमविद्ले बताएका छन् । तराईका धेरै भू–भागहरूमा दिउँसाे पनि हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)