जर्मनीका लिजेन्ड फुटबलर मुलरको निधन
nayapatrikadaily.com · Tue Aug 17 00:27:00 GMT 2021
जर्मन फुटबलका लिजेन्ड गर्ड मुलरको ७५ वर्षको उमेरमा निधन भएको छ । मुलर सन् २०१५ देखि अल्जाइमर रोगबाट पीडित थिए । अन्ततः यही रोगका कारण आइतबार उनको निधन भएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।
विश्व फुटबल इतिहासकै एक उत्कृष्ट स्ट्राइकरका रूपमा चिनिने मुलरले जर्मनी एकीकरणअघि पश्चिम जर्मनीबाट ६२ खेलमा ६८ गोल गरेका थिए । सन् १९७४ को विश्वकप फाइनलमा नेदरल्यान्ड्सविरुद्ध मुलरले विजयी गोल गर्दै पश्चिम जर्मनीलाई च्याम्पियन बनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)