मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पूर्वप्रधानमन्त्री नेपाल रुस प्रस्थान

barnanmedia.com · Sat May 23 22:00:12 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन् ।

रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् । रुसमा यही जेठ ११ गते हुने सम्मेलनमा उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता ताजमोहम्मद मियाँले जानकारी दिए । रसियन कम्युनिस्ट पार्टीको महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची छ । उनले नेपाल र रुसबिचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । उनी यही जेठ १३ गते सहसंयोजक स्वदेश फर्कनेछन्

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)