भेप प्रकरण: नासु रेवन्त खड्कालाई थुनामा राख्न विशेष अदालतको आदेश
shilapatra.com · Fri Jun 05 12:02:00 GMT 2026

विशेष अदालतले विद्युतीय चुराेट (भेप) प्रकरणमा मुछिएका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नासु रेवन्त खड्कालाई थुनामा राख्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउन आदेश दिएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासँगै भ्रष्टाचार मुद्दा दायर गरेका प्रतिवादी खड्कालाई विशेष अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएसँगै जेल चलान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
भन्सार विभाग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग