नेपालका हिमताल विष्फोटनका जोखिम रोकथाम परियोजनालाई झण्डै ५ अर्ब अनुदान स्वीकृत
ratopati.com · Tue Jul 01 17:21:00 GMT 2025

काठमाडौँ । हरित जलवायु कोष (जीसीएफ) को सञ्चालक समितिले नेपालको एक महत्वपूर्ण जलवायु अनुकूलन परियोजनाका लागि झण्डै ५ अर्ब रुपैयाँ (३६.२० मिलियन अमेरिकी डलर) बराबरको अनुदान स्वीकृत गरेको छ।
पपुवा न्यू गिनीको पोर्ट मोरेस्बीमा जारी जीसीएफको ४२औं बैठकबाट 'हिमताल विष्फोटन बाढी र जलवायु परिवर्तन प्रेरित बाढीबाट जोखिममा परेका जीविकोपार्जन र सम्पत्तिको संरक्षण' शीर्षकको ४ अर्ब ८० करोड रुपैयाँ बराबरको यो परियोजना स्वीकृत भएको हो। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) यस परियोजनाको मान्यता प्राप्त कार्यान्वयन निकाय (एक्रिडिटेड एन्टीटी) रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)