अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिनेछ
barnanmedia.com · Tue Jul 01 21:37:55 GMT 2025

यहाँस्थित सुपादेउराली मन्दिरमा नजिकै केबलकार निर्माण गरिने भएको छ । सुपा देउराली मन्दिरमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।
यही असार १३ गतेको सन्धिखर्क नगर कार्यपालिको बैठकले सुपादेउराली केबलकार प्रालिलाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार निर्माण गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)