नेतृत्वप्रति आक्रोश भएपनि व्यवस्थाप्रतिको समर्थन घटेको छैन : अध्यक्ष नेपाल
barnanmedia.com · Tue Jul 01 22:23:06 GMT 2025

एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्वप्रति जनताको आक्रोश र निराशा देखिए पनि वर्तमान राजनीतिक व्यवस्थाप्रतिको समर्थन भने कमजोर नभएको दाबी गरेका छन्।
धनुषामा आयोजित पार्टीको जिल्ला कमिटीको सातौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले पछिल्ला राजनीतिक घटनाक्रमले आम नागरिकमा असन्तोष र विसङ्गति पैदा गरे पनि जनताले लोकतान्त्रिक व्यवस्था नै आफ्नो आशाको केन्द्र मानिरहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)