बैंकिङ कसुर मुद्दामा फरार सबिन महर्जन बनस्थलीबाट पक्राउ
barnanmedia.com · Tue Jul 01 22:45:32 GMT 2025

बैंकिङ कसुर मुद्दामा फरार रहेका सबिन महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ। नेपाल सरकार वादी रहेको सो मुद्दामा काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट २०८१ साल फागुन २६ गते पक्राउ अनुमति जारी भएको थियो।
३६ वर्षीय महर्जन काठमाडौंको साविक मनमैजु गाविस वडा नं. ५ (हाल तार्केश्वर नगरपालिका–९) का स्थायी बासिन्दा हुन्। उनलाई असार १६ गते काठमाडौं महानगरपालिका–१६ स्थित बनस्थलीबाट पक्राउ गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)