मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कुलिङ पिरियड बिथोलेर ५२ पदाधिकारीको सिटमा जाने सचिवहरुको चलखेल

barnanmedia.com · Tue Jul 01 22:48:55 GMT 2025

सिंहदरबार अहिले कुलिङ अफ पिरियडले तातेको छ । २७५ जना सांसदको आँखामा छारो हाल्दै कर्मचारी प्रशासनका केही हाकिमहरुले आफ्नो कला देखाइदिए । अवकाशपछि पनि राज्य प्रणालीमा कब्जा जमाउन नछाड्ने हाकिमहरुको दाउ नेपालको पुस्तैनी रोग नै हो । लागेको रोग सहजै कहाँ हट््छ र ? अवकाशको मुखमा पुगेका हाकिमहरुले संघीय निजामती सेवा विधेयकका व्यवस्थामा उलटफेर गर्न शब्दको जादु चलाइदिए । धेरै केही होइन, एउटा ‘बाहेक’ भन्ने शब्द राखेर ।

कुनै पनि कर्मचारीले अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म अर्को पदतिर चियाउन नपाउने, ढुक्क भएर नाति–नातिना खेलाउनुपर्ने गरी संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको दफामा केही कर्मचारी मिलेर ‘संवैधानिक र कूटनीतिक पदबाहेक’ मा मात्र कुलिङ अफ पिरियड लाग्ने बनाइदिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)