मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बुल्गेरिया रोजगारीका लागि पठाइदिन्छु भनी ठगी गर्ने महिला पक्राउ

barnanmedia.com · Tue Jul 01 23:11:51 GMT 2025

बुल्गेरिया रोजगारीका लागि पठाइदिन्छु भनेर दुई जना बेरोजगार युवाबाट ठगी गर्ने कमला कुमारी के.सी.लाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अनुसन्धानपछि उनलाई भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटबाट पक्राउ गरेको हो।

५१ वर्षीया के.सी.ले आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि युवायुवतीलाई लामो समयसम्म झुक्याएकी थिइन्। उनले विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितहरूले जाहेरी दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)