पुलिस महिला गोल्ड कप च्याम्पियन
gorkhapatraonline.com · Sun May 03 17:30:38 GMT 2026
आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा भएको प्रथम पोखरा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइनल खेलमा १० खेलाडीमा सीमित बनेको त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस विजेता बनेको हो ।
पुलिस उपाधिसँगै पाँच लाख हाता पार्दा उपविजेता आर्मीले तीन लाख पाएको छ । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफकै २७ मिनेटमा १० खेलाडीमा सीमित भएको आर्मीले पुलिसलाई गोलरहित बराबरीमै रोकेको थियो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकी डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछि रातो कार्ड पाउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)