सकियो विजय मल्ल शताब्दी महोत्सव
baahrakhari.com · Sun May 03 17:38:20 GMT 2026

काठमाडौं । नइ एकेडेमीद्वारा प्रकाशित दुई पुस्तक लोकार्पण गरिएको छ । डा. साधना पन्त ‘प्रतीक्षा’द्वारा लिखिति ‘नारीवादी नाटककार विजय मल्ल’ (समालोचनात्मक ग्रन्थ) तथा नरेन्द्रराज प्रसाईद्वारा लिखित ‘विजय मल्ल’ (जीवनी)को लोकार्पण समालोचक प्रा.डा. वासुदेव त्रिपाठी लगायतले गरे । आइतबार (वैशाख २०) काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. केशव सुवेदीले कृतिहरूमाथि समीक्षात्मक मन्तव्य राखे ।
आइतबारदेखि नै विजय मल्ल शताब्दी महोत्सव समापन भएको जानकारी एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)