कोसी प्राइड लिग जेठ ९ बाट सुरु हुने
baahrakhari.com · Sun May 03 18:09:15 GMT 2026
काठमाडौं । कोसी प्राइड प्रा.लिले आयोजना गर्ने टी–२० कोसी प्राइड लिग (केपीएल) तेस्रो संस्करण जेठ ९ बाट सुरु हुने भएको छ । आइतबार (वैशाख २०)आयोजक केपीएलका निर्देशक अफजल हुसेनले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ मिति घोषणा गरेका हुन् ।
प्रतियोगिताको नयाँ मितिलाई नेपाल क्रिकेट संघ (क्यान)ले समेत स्वीकृति दिएको छ । यसअघि प्रतियोगिता फागुन ९ देखि २१ सम्म हुने भनिएको थियो । तर, विभिन्न कारण प्रतियोगिता दुईपटक सरेको थियो । अब, भने प्रतियोगिता जेठ ९ देखि २३ गतेसम्म हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)