मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लिपुलेक मार्गबारे नेपाललाई भारतको जवाफ : यो कुनै नयाँ होइन, दशकौँदेखि चलिरहेको छ

baahrakhari.com · Sun May 03 18:55:02 GMT 2026

काठमाडौं । भारतले लिपुलेक हुँदै हुने कैलाश मानसरोवर यात्राबारे आफ्नो धारणा स्पष्ट पारेको छ । चीन र भारतले लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेपछि नेपाल सरकारले आइतबार कूटनीतिक पत्र पठाएको थियो ।

त्यसपछि भारतको तर्फबाट लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा पुरानो मार्ग भएको प्रतिक्रिया आएको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भनेका छन्, "लिपुलेक पास हुँदै जाने कैलाश मानसरोवर यात्रा सन् १९५४ देखि निरन्तर चलिरहेको पुरानो मार्ग हो । यस मार्गबाट यात्रा दशकौँदेखि चलिरहेको छ, यो कुनै नयाँ होइन ।"

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)