नवीकरण नगर्ने निर्माण व्यवसायीमाथि सरकारको कारबाही, ४४ निर्माण कम्पनीको लाइसेन्स खारेज
ajakoartha.com · Wed Jul 08 05:02:00 GMT 2026

काठमाडौं– सरकारले इजाजतपत्र नवीकरण नगरेका ४४ निर्माण व्यवसायीको लाइसेन्स स्वतः खारेज गरेको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निर्माण व्यवसाय प्रवर्द्धन शाखाले निर्माण व्यवसाय ऐन, २०५५ को दफा ५ को उपदफा (३) अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि २०८२ चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजतपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको भए पनि तोकिएको समयभित्र नवीकरण नगरेका फर्म तथा कम्पनीहरूको इजाजतपत्र स्वतः खारेज गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार लाइसेन्स खारेज हुनेमा जेयी कन्स्ट्रक्सन प्रालि, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालि, जनमुखी कन्स्ट्रक्सन कम्पनी प्रालि, चेतना कन्स्ट्रक्सन प्रालि, सप्तकोशी जलाधार निर्माण कम्पनी प्रालि, नेपाल बिल्डर्स एन्ड इन्जिनियरिङ कम्पनी प्रालिलगायत ४४ निर्माण व्यवसायी परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)