मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पूर्व राजा शाहले पशुपतिनाथसँग कल्याण माग्न छाडेर गोरखनाथसँग सद्बुद्धि मागे

barnanmedia.com · Sat Jan 10 22:32:13 GMT 2026

वीरेन्द्र शाहदेखि ज्ञानेन्द्रसम्मले आफ्नो सम्बोधनको अन्त्यमा भन्थे “श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्, जय नेपाल।” ज्ञानेन्द्र शाह राजा भएसम्म र गणतन्त्र आएर तत्कालिन राजा भएपछि पनि बेलाबखत सार्वजनिक गर्ने सम्बोधनको अन्त्यमा उनले श्री पशुपतिनाथलाई सम्झन्थे। केही भिडियो सन्देशमा भने जय नेपाल मात्र भनेको देखियो।

३०४ औँ पृथ्वी जयन्तीको अवसरमा शनिवार जारी भिडियो सन्देशमा भने उनले पशुपतिनाथलाई सम्झिएनन् गोरखनाथलाई सम्झिए। उनले देशै नरहने हो कि भन्ने चिन्ता गरेको भिडियो सन्देशको अन्त्यमा भने “श्री गोरखनाथले हामी सबैलाई सद्बुद्धि दिउन्।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)