बी–५२ दुर्घटनामा आठको मृत्यु
barnanmedia.com · Tue Jun 16 19:15:01 GMT 2026

दक्षिणी क्यालिफोर्नियाको मोजावे मरुभूमिमा रहेको एडवड्र्स एयर फोर्स बेसमा परीक्षण उडानका क्रममा अमेरिकी वायु सेनाको बी–५२ बमवर्षक दुर्घटनाग्रस्त हुँदा सवार सबै आठ जनाको मृत्यु भएको छ । टेकअफ गरेको केही समयमै भएको उक्त दुर्घटनापछि विमानमा आगलागी भएको र मरुभूमि क्षेत्रमा ठूलो क्षति पुगेको अधिकारीहरूले पुष्टि गरेका छन् ।
दुर्घटना सोमबार बिहान करिब ११ः२० बजे नियमित परीक्षण मिसनका क्रममा भएको हो । लस एन्जलसको उत्तरमा रहेको उक्त आधारको रनवे नजिकैको मरुभूमि क्षेत्रमा विमान खसेपछि ठूलो मात्रामा कालो धुवाँ उठेको र आपतकालीन टोलीहरू तुरुन्तै परिचालन गरिएको हवाई दृश्यहरूले देखाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)