मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा मानवीय संकट गहिरिँदै, इयुको ध्यान सहयोगमा केन्द्रित

ratopati.com · Tue Jul 15 18:16:00 GMT 2025

बेल्जियम । युरोपेली युनियन (इयु) का परराष्ट्र मन्त्रीहरूले मंगलबार गाजाको युद्धलाई लिएर इजरायलविरुद्ध सम्भावित कारबाहीबारे छलफल गरेका छन् । तर सदस्य राष्ट्रहरूबीचको मतभेदका कारण कुनै ठोस निर्णय लिन सकिने सम्भावना कम देखिएको छ ।

इयु विदेश नीति प्रमुख काया काल्लासले इजरायलले मानवअधिकारसम्बन्धी द्विपक्षीय सम्झौताको उल्लंघन गरेको निष्कर्षपछि १० बुँदे सम्भावित उपाय प्रस्ताव गरे । ती उपायमा सम्पूर्ण सम्झौता स्थगन, व्यापार सम्बन्ध सीमित गर्ने, इजरायली मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने, हतियार प्रतिबन्ध तथा भिसा–मुक्त यात्रा रोकिने जस्ता विकल्पहरू समावेश छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)