मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहिले बालेन साहको समूह त कहिले सुदन र आफ्नो हैसियतमा बस, गृहमन्त्रीमाथि अवाञ्छित दबाब नदेऊ

barnanmedia.com · Wed Nov 12 23:46:12 GMT 2025

हालैका दिनमा गृहमन्त्री ओमप्रकाश अर्यालमाथि सामाजिक सञ्जालमार्फत अनावश्यक आलोचना र दबाब बढ्दै गएको छ। कहिले बालेन साहको समूह त कहिले सुदन गुरुङ र उनका निकटस्थहरू मन्त्रीमाथि अवाञ्छित मागहरू राख्दै राजीनामासम्मको हल्ला फैलाइरहेका छन्। तर के गृहमन्त्री एउटा अनुसन्धानकर्ता, अभियोक्ता वा न्यायाधीश हुन्रु होइन। उनी विभागीय मन्त्री हुन्, जसले कानुनी शासनको सीमाभित्र रहेर नीतिगत र संस्थागत नेतृत्व दिनुपर्छ।

गृहमन्त्रीले नचाहे कानुन नचलोस्, चाह्यो भने तुरुन्त कारबाही होस् भन्ने अभ्यास सुशासनको मूल सिद्धान्तसँग मेल खाँदैन। कानुनले सबैलाई बराबरी व्यवहार गर्नुपर्ने हो, कुनै मन्त्री वा नेताको मनपरी निर्णयले होइन। गृहमन्त्रीबाट अपेक्षा गर्नुपर्ने कुरा भनेको प्रहरी प्रशासनलाई स्वच्छ, सक्षम र उत्तरदायी बनाउने वातावरण सिर्जना हो, न कि कसैमाथि राजनीतिक वा व्यक्तिगत स्वार्थले प्रेरित कारबाही गराउने हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)