मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्टर मिलान १२ वर्षपछि युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

nepallive.com · Wed Mar 15 01:10:00 GMT 2023

काठमाडौं – इटालियन क्लब इन्टर मिलान करिब १२ वर्षपछि युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल प्रवेश गरेको छ। प्रि–क्वाटरफाइनल लेगमा पोर्चुगिज क्लब एफसी पोर्टोसँग समग्रमा १–० को जित निकाल्दै इन्टर मिलानले क्वाटरफाइनलको यात्रा तय गरेको हो।

मंगलबार राति भएको दोस्रो प्रि–क्वाटरफाइनल लेगमा भने इन्टर मिलानले गोलरहित बराबरी खेल्यो। सान सिरोमा भएको पहिलो लेगमा निकालेको १–० गोलको जित नै इन्टर मिलानका लागि अन्तिम ८ मा पुग्ने आधार बन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)