मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चर्को बत्तीवरपर लाग्दैन घोगा

gorkhapatraonline.com · Sun May 03 23:27:04 GMT 2026

राति झिलिमिली सडकबत्तीले चम्किएको राजमार्ग । होटल र रिसोर्टवरपर सजावटका लागि राखिएको बत्तीले उज्यालो पारिएका रुख । खेतको डिलमै राखिएका कडा एलइडी बत्ती । आधुनिक विकास र सौन्दर्यको प्रतीक मानिने यस्ता दृश्यले अहिले वातावरण मात्रै होइन, खेती प्रणालीलाई समेत प्रभावित पार्न थालेका छन् ।

हामीले बाल्ने बत्तीका कारण कृषि उत्पादन घट्न सक्छ भन्ने कुरा धेरैलाई अस्वाभाविक लाग्न सक्छ । तर पछिल्ला वर्षहरूमा सडक, होटल, रिसोर्ट, बजार तथा खेतीयोग्य क्षेत्रवरपर रातभरि बल्ने कडा प्रकाशयुक्त बत्तीका कारण कृषि उत्पादनमै असर देखिन थालेको विज्ञहरूले बताएका छन् । विकास, सुरक्षा र सौन्दर्यका नाममा बढ्दो कृत्रिम उज्यालोले प्रकृतिको स्वाभाविक चक्रमा हस्तक्षेप गर्दै जैविक विविधता र खाद्य उत्पादन दुवै क्षेत्रमा चुनौती सिर्जना गरिरहेको उनीहरूको भनाइ छ । गाउँदेखि सहरसम्म सडक किनार, घर, होटल, रिसोर्ट तथा जङ्गलआसपासका क्षेत्रमा झिलिमिली बत्ती राख्ने प्रवृत्ति तीव्र रूपमा बढेको छ । व्यापार प्रवर्धन, सुरक्षा तथा जङ्गली जनावरबाट बच्ने उद्देश्यले रातभर तेज प्रकाश बाल्ने चलन सामान्यजस्तै बनेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)