मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनकपुरधाममा मागअनुसार खानेपानी आपूर्ति छैन

barnanmedia.com · Sat Jan 10 22:42:49 GMT 2026

खानेपानी संस्थान जनकपुरधामको कार्यालयले नगरभित्र मागअनुसार खानेपानी वितरण तथा आपूर्ति गर्न सकेको छैन । यसबाट उपभोक्ता समस्यामा परेका छन् ।

संस्थानले दैनिक करिब ३५ लाख लिटर खानेपानी आपूर्ति गर्दै आएको छ । कार्यालयकोे आफ्नो पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीबाट जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानीको पहुँचबाट बाहिर छन् । जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुर्ई करोड ५० लाख लिटर पानीको माग छ । कार्यालयले अहिले २० प्रतिशत घरमा मात्र पाइपमार्फत खानेपानी आपूर्ति गर्दै आएको कार्यालय प्रमुख विष्णुदेव साहले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)