मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

काउलीले बजार पाउँदा मण्डनका किसान उत्साहित

barnanmedia.com · Sat Jan 10 22:50:24 GMT 2026

मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीका किसान बासुदेव सापकोटालाई अहिले बारीमा फलेको काउली बेच्न भ्याइनभ्याई छ । पोहोरभन्दा यसपालि काउलीले राम्रो बजारभाउ पाउँदा लगानी उठेर थप आम्दानी हुने भएपछि उहाँ मख्ख हुनुहुन्छ । सापकोटा भन्नुहुन्छ, “गत वर्ष लगानी नै उठ्न धौधौ भयो, यस वर्ष भने काउलीको बजारभाउ राम्रै छ ।”

करिब चार रोपनी बारीमा काउली रोप्नुभएका सापकोटा यस वर्ष पाँच हजार किलोसम्म बिक्री गर्ने सोचमा हुनुहुन्छ । तर गत वर्षजस्तो उत्पादन नभएकामा भने उहाँ दुखेसो पोख्नुहुन्छ । यसपालि काउलीमा केही रोगले उत्पादन घटेको स्थानीय किसान बताउँछन् । हाल बजारमा प्रतिकिलो काउली रु ४५ देखि रु ५० सम्ममा बिक्री गर्न पाएपछि सापकोटासँगै राम्चेबेँसीका किसान उत्साहित देखिएका हुन् । गत वर्ष मूल्य नपाउँदा किसानको लगानीसमेत जोखिममा परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)