मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राति धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रायको अन्त्यष्टि

barnanmedia.com · Tue Jul 23 21:36:11 UTC 2024

गत आइतबार राति सुतेकै स्थानमा धारिलो हतियार प्रहारगरी हत्या गरिएका पूर्वराज्यमन्त्री रामचन्द्र रायको अन्त्यष्टि गरिएको छ ।

रायको आज साँझ मलङ्गवा नगरपालिका–४, साकेत विहार राममन्दिर परिसरमा धार्मिक अन्त्येष्टि गरिएको हो । उनको अन्त्येष्टिमा सशस्त्र प्रहरी नम्बर १० को टुकडीले सोक सलामी अर्पण गरेको थियो ।रायको पार्थिव शरीरमा जेठा छोरा शैलेन्द्र रायले दागबत्ती दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले रायको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)