महिला एसिया कप २०२४ : नेपाल भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित,नेपालकाे एसिया कपकाे यात्रा टुङ्गियाे
barnanmedia.com · Tue Jul 23 21:42:01 UTC 2024
एसीसी महिला एसिया कपमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । आज भएको खेलमा भारतसँग ८२ रनको फराकिलो अन्तरले पराजित भएसँगै नेपाल समूह ए बाटै बाहिरिएको हो ।
भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन बनायो । नेपालका लागि ओपनर सीता राना मगरले २२ बलमा ३ चौकासहित सर्वाधिक १८, कप्तान इन्दु बर्माले १८ बलमा २ चौकासहित १४ र रुबिना क्षेत्रीले १६ बलमा २ चौका र १ छक्कासहित १५ रन बनाए । अन्य ब्याटरहरु कसैले पनि दोहोरो रन बनाउन सकेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)