ओलीले सुनाए रुसी भलिबल खेलाडीसँग आफ्नो मिर्गौला प्रत्यारोपणको कुरा
barnanmedia.com · Tue Jul 23 22:00:58 UTC 2024

‘मेरो दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ। अहिले म स्वस्थ छु। यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरू कति सक्षम हुन्छन् भन्ने,’ रुसी महिला भलिबल टोलीसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरू पोख्दै भने, ‘नेपाल र रुस दुई पुराना मित्र हुन्। हाम्रा सम्बन्धका अनेक आयाम छन्।’
रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत सङ्घ हुँदादेखि नै सहयोग गर्दै आएको छ।प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते प्राडा प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीबाट त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण भएको थियोसो अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)