मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फिल्म ‘सारंग’काे ‘चिसो बतास’ बोलको गीत २२ जना बालबालिकाकाे स्वरमा रेकर्ड

barnanmedia.com · Tue Jul 23 22:15:36 UTC 2024

प्रशान्त तामाङ निर्देशक रहेको फिल्म ‘सारंग’काे ‘चिसो बतास’ बोलको गीत २२ जना बालबालिकाले स्वरमा रेकर्ड गरिएको छ ।

डिपी खनालले शब्द रहेको गीतमा कान्जिरोवा स्कुल, कोटेश्वरका प्रतिभावान २२ बालबालिकाहरुको साथमा किरण भुजेल र मुस्कान रानाभाटको स्वर छ ।फिल्मको अर्काे एउटा गीत ‘चोली तुनामा’ भने शान्तिश्री परियार र साइराजले स्वर दिएका छन् । डिपी खनालकै शब्द रहेको गीतमा संगीत शंकर थापा स्माइलको छ । बाल मनोबिज्ञान तथा बालअधिकारको विषयमा केन्द्रित फिल्ममा कथाको मागअनुसार नै एकसाथ २२ जना बालबालिकालाई गीत गाउन लगाएको हाे । गीत एकदमै सुमधुर र अर्थपूर्ण रहेको निर्देशक तामाङले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)