मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मोहम्मदीलाई नोबेल शान्ति पुरस्कार

gorkhapatraonline.com · Sat Oct 07 06:12:04 GMT 2023

एजेन्सी

काठमाडौँ, असोज २० गते । यो वर्षको नोबेल शान्ति पुरस्कार इरानकी नर्गिस मोहम्मदीले पाउनु भएको छ । महिलाविरुद्ध हुने दमनविरुद्ध गरेको सङ्घर्ष तथा सबैका लागि मानव अधिकार र स्वतन्त्रताका लागि गरेको पहलका लागि नर्वेको नोबेल शान्ति पुरस्कार समितिले उहाँलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । मोहम्मदी अहिले तेहरानस्थित इभिन जेलमा हुनुहुन्छ । यो सरकारविरोधी प्रदर्शनकारीहरू, राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकहरू राखिने कारागार हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)