मानव स्वास्थ्यका लागि हानिकारक
gorkhapatraonline.com · Sat Jan 10 23:45:59 GMT 2026

सर्लाहीका विदुर सुवेदी कुखुरापालक किसान हुनुहुन्छ । उहाँले कुखुरालाई एन्टिबायोटिकको प्रयोग गरेर तौल बढाउनका लागि पशु प्राविधिकको सल्लाह लिनुहुन्छ ।
उहाँ जस्ता हजारौँ किसान कसरी कम समयमा कुखुराको तौल बढाउने र आम्दानी गर्ने भन्नेमा बढी तल्लीन हुन्छन् । चल्लालाई एन्टिबायोटिक दिएर ३५ दिनमै ठुलो बनाउने र बिक्री गर्ने कुखुरापालक कृषकको ध्यान हुन्छ । जति धेरै दिन कुखुरा पालेर राख्यो त्यति नै घाटा बेहोर्नुपर्ने कारणले किसान लामो समयसम्म कुखुरा पाल्न चाहँदैनन् । कृषकलाई कुखुरामा कुन एन्टिबायोटिकको प्रयोग भएको छ भन्दा पनि कसरी कुखुरालाई कुनै रोग नलागी हुर्काएर बिक्री गर्ने भन्ने चिन्ता बढी हुन्छ । “प्राविधिकले जुन औषधी प्रयोग गर्न सिफारिस गर्दछ, किसानले त्यही औषधी प्रयोग गर्ने हो,” सुवेदीले भन्नुभयो, “किसानलाई एन्टिबायोटिकभन्दा कुखुरा हुर्काएर बिक्री गर्ने र आम्दानीको बढी चिन्ता हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)