डा. सुनिल शर्मालाई फसाउने तत्कालीन प्रचण्ड सरकारको प्रयास असफल, मुद्दा नचल्ने
barnanmedia.com · Tue Jul 23 22:24:31 UTC 2024

कांग्रेस सांसद एवं मेडिकल व्यवसायी डा सुनिल शर्मा माथि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले रिसिबी साँधेको थियो। तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको दबाबमा उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) गत वर्ष साउनमा काठमाडौंको गोल्फुटारस्थित निवासबाट पक्राउ गरेको थियो । यद्यपि, शर्मा पछि छुटेका थिए।
शर्मामाथि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अभ्यास गरेको आरोप थियो। तर, शर्मालाई फसाउने प्रयास असफल भएको छ। शर्मा मोरङ– ३ बाट निर्वाचित सांसद हुन्। शर्मामाथि नक्कली प्रमाणपत्र, सरकारी कागजात किर्ते र ठगीसहित तीन मुद्दामा अनुसन्धान भए पनि मुद्दा नचल्ने निर्णय हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)