मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ४२ प्रतिशत मात्रै

lokaantar.com

चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पुँजीगत खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष वर्षको असार १८ गतेसम्मको अवधिमा यहाँका सरकारी कार्यालयले पुँजीगत बजेटको ४१ दशमलव ७४ प्रतिशत अर्थात् रु एक अर्ब १५ करोड १३ लाख ९३ हजार सात सय ९८ रकम मात्रै खर्च गरेका छन् ।

चालु आवमा यहाँका सरकारी कार्यालयको लागि पुँजीगत खर्चतर्फ रु दुई अर्ब ७५ करोड ८३ लाख ८२ हजार सात सय ५० रकम विनियोजन गरिएको थियो । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पुँजीगत खर्च गर्न नसकेको बताउनुभयो । कार्यालयले यहाँका सरकारी कार्यालयले असार २५ गतेसम्म मात्रै खर्च गर्न पाउने जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)