खोलाले बगाउँदा महिला बेपत्ता
deshsanchar.com · Mon Aug 14 16:43:40 GMT 2023
बाजुरा – जिल्लाको स्वामी कात्तिक गाउँपालिका–१ मा पर्ने रुडी खोलाले बगाउँदा आज एक महिला बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बेपत्ता हुनेमा सोही गाउँपालिका–१ मुिक्तकोटकी ६५ वर्षीया गुवा विक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रविन्द्रसिं कठायतले जानकारी दिए। उनका अनुसार कोल्टीबाट घर फर्किने क्रममा रुडी खोला तर्ने क्रममा बगाएर उनी बेपत्ता भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)