ह्वाइट हाउस सुरक्षा चौकीमा गोली चल्यो, जवाफी कारबाहीमा बन्दुकधारीको मृत्यु
nepalviews.com · Sun May 24 01:19:06 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउस नजिकै रहेको सुरक्षा जाँच चौकीमा गोली चलेको छ । 'सिक्रेट सर्भिस'का अधिकारीहरूको जवाफी कारबाहीमा एक बन्दुकधारीको मृत्यु भएको छ । शनिबार साँझ भएको उक्त घटनामा एक सर्वसाधारण समेत घाइते भएका छन्। घटनाका बेला राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसभित्रै रहे पनि उनी पूर्ण रूपमा सुरक्षित रहेको अधिकारीहरू ले पुष्टि गरेका छन्। घटनालगत्तै ह्वाइट हाउसलाई तत्काल 'लकडाउन' गरिएको थियो।
शनिबार साँझ करिब ६ बजे वासिङ्टन डीसीस्थित १७औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्युको चोकमा रहेको सिक्रेट सर्भिसको चेकप्वाइन्टमा उक्त घटना घटेको हो। सिक्रेट सर्भिसले जारी गरेको प्रारम्भिक अनुसन्धान विवरण अनुसार, ती शंकास्पद व्यक्तिले आफ्नो झोलामा लुकाएर ल्याएको हतियार निकाली सुरक्षाकर्मीमाथि एक्कासि प्रहार गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)